Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – मंगलबारको सम्बोधन अक्षरश:लागू गर्छु

    प्रधानमन्त्री प्रचण्डले भने – मंगलबारको सम्बोधन अक्षरश:लागू गर्छु

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 630
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताएका छन्।

    प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा गरेको सम्बोधनलाई अक्षरशः लागू गरिने बताएका हुन्।



    प्रधानमन्त्रीले भने, ‘म अलि उदार भएँ । मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । पहिला तपाईहरूले यो कुरा आत्मसात् गर्नुहोला । मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला । नियमित अपडेट हुनुहोला ।’



    उनले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना आजै गर्ने पनि बताए। प्रधानमन्त्रीले काममा नयाँ गति ल्याउन मन्त्रालयगत छलफल गरेको बताए ।

    उनले मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउने भएकाले सचेत भएर काम गर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार