Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • १५ लाख बराबरको अवैध मोबाइलसहित एकजना पक्राउ

    १५ लाख बराबरको अवैध मोबाइलसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 879
    SHARES

    बारा । अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका १५ लाख रुपैयाँ बराबरको मोबाइलसहित एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरी पक्राउ परेका हुन् ।



    विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको हो ।



    विशेष सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैयाँ मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ।

    चौधरीले त्यस क्षेत्रमा सस्तोमा आफ्नै घरबाट मोबाइल बिक्रीवितरण गर्दै आएको खुलेको छ । उनलाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार