Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जाजरकोटमा चिसोले सुत्केरीको मृत्यु

    जाजरकोटमा चिसोले सुत्केरीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 780
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको छ ।

    मङ्सिर १७ गते सुत्केरी भएर दुई छोराको जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्यु भएको हो ।



    कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको छ ।



    कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको बताइएको छ ।

    भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले शिशुलाई सेकाउने आगो, पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार