Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डको ‘भाइरल तस्वीर’को वास्तविकता के हो ?

    प्रधानमन्त्री प्रचण्डको ‘भाइरल तस्वीर’को वास्तविकता के हो ?

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 708
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्रीको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको जनाएको छ ।

    आफ्नो निर्वाचन क्षेत्र गोरखाको कार्यक्रममा गएको बेला आफन्तसँग भेट हुँदा तस्बिर लिएको भन्दै सचिवालयले सो तस्बिरलाई लिएर अफवाह फैलाएको बताएको हो । भर्खरै वैवाहिक जिवनमा बाधिएकी प्रचण्ड नातीनी र जुवाईसँगै खिचिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।



    ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरुसँग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भइरहेको छ’, सचिवालयले भनेको छ,‘यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोसिस भइरहेको छ।’



    प्रधानमन्त्री प्रचण्डको सचिवालयले यस्ता गलत सूचनाको भ्रममा नपर्न आग्रह गरेको छ । प्रचण्डकी जेठी छोरी रेनुकी छोरी प्रतिभा र विज्ञानबाबुबीच २९ मंसिरमा विवाह भएको थियो ।

    केही दिनदेखि ज्यामिरघाटमै रहेका प्रतिभा र विज्ञानले आफ्नो गाउँमा आएका हजुरबा प्रचण्डलाई स्वागत गरेका थिए । उनीहरुले प्रचण्ड फर्किने बेलामा नेपाली सेनाको हेलिकप्टर अगाडि फोटो खिचाएका थिए ।

    नातिनीको खर्चिलो विवाह गरेर आलोचना खेपिरहेका प्रधानमन्त्री प्रचण्ड पुनः आलोचनाको सिकार बनेका छन् । सो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको चर्को विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार