Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – वर्तमान गठबन्धन झनै बलियो भएको छ, अब पाँचै वर्ष जान्छ

    प्रधानमन्त्री प्रचण्डले भने – वर्तमान गठबन्धन झनै बलियो भएको छ, अब पाँचै वर्ष जान्छ

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 564
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन्।

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ । जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’



    गठबन्धन सरकारको १ वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए। गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार