Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

    घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 1.3K
    SHARES

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।

    पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार समेत रहेका पराजुली आज पक्राउ परेका हुन् ।



    मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो। पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।



    उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए ।

    पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको थियो। सहकारीले पोखरासहित स्याङ्जाको आँधीखोला गाउँपालिकामा सेवा केन्द्र स्थापना गरेको थियो।

    सहकारीले स्थानीय तहभन्दा बाहिर शाखा वा सेवा केन्द्र सञ्चालन गर्दा सहकारी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार