Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • धनगढी बजार जलमग्न

    धनगढी बजार जलमग्न

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2K
    SHARES

    कैलाली । धनगढी बजार डुबानमा परेको छ । पानी निकासको व्यवस्था नहुँदा धनगढी बजार डुबानमा परेको हाे ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाभित्र ३ सय भन्दा बढी घरमा पानी पसेको जनाएको छ ।



    मुख्य सडकमा करिब २ फिट पानी जमेको थियो । धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै भन्दा धेरै पानी जमेको छ ।



    धनगढी उपमहानगरपालिकाभित्र रहेका पानी निकासका ढलहरू बन्द हुँदा र नालाहरू अतिक्रमण हुँदा बजार क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार