एजेन्सी । भारतस्थित छत्तीसगढको दुर्ग जिल्लाको फास्ट ट्र्याक अदालतले श्रीमतीसँग अप्राकृतिक यौनसम्बन्ध राखेको आरोपमा श्रीमानलाई ९ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
यसबाहेक श्रीमतीलाई कुटपिट गर्ने श्रीमानलाई एक वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना पनि तिर्नुपर्नेछ ।
साथै श्रीमतीलाई कुटपिटको कसुरमा उनलाई १ वर्ष कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय पनि हुनेछ।
भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन दुर्व्यवहारको बहस चलिरहेका बेला शनिबार उक्त फैसला आएको हो ।
सोमबार नै राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय न्यायिक संहितासहित तीनवटा विधेयकलाई आफ्नो स्वीकृति दिएकी छन् ।
नयाँ भारतीय न्याय संहितामा, अप्राकृतिक यौन कार्यको धारा ३७७ खारेज गरिएको छ।
बीबीसी हिन्दीले उल्लेख भएअनुसार दुर्ग अदालतको पछिल्लो फैसलापछि निमिश अग्रवाललाई जेल पठाइएको छ ।
Leave a Reply