Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

    बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 852
    SHARES

    झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

    उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।



    उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन्। अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।



    अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका– ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्।

    घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

    उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार