Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पर्वहरूले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका छन् : सभापति देउवा

    पर्वहरूले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएका छन् : सभापति देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 615
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले सम्पूर्ण नेपालीका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएको बताएका छन् ।

    किराँत समुदायको सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।



    उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक भएको बताए । उनले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर तथा सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सद्भावयुक्त परम्परा रहेको उल्लेख गरे।



    सभापति देउवाले पर्वहरूले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार