Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • ८५ किलो गाईको मासुसहित तीनजना पक्राउ

    ८५ किलो गाईको मासुसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा गाईको मासुसहित तीनजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्लाको पाँचखाल नगरपालिका-१ का ३४ वर्षीय मिनबहादुर तामाङ, ३० वर्षीय सन्तबहादुर तामाङ र सिन्धुली घ्याङलेक गाउँपालिका-२ का २७ वर्षीय अर्जुन लामा थिङ पक्राउ परेका हुन् ।



    जिल्लाको पाँचखाल नगरपालिका-१ घुमाउने चौरस्थित गाई काटिरहेको भन्ने सूचनाका आधारमा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले ८५ केजी गाईको मासुसहित पक्राउ गरेको हो ।



    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार