Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • नवलपरासीमा शृंखलाबद्ध चोरी गर्ने गिरोह प्रहरी फन्दामा

    नवलपरासीमा शृंखलाबद्ध चोरी गर्ने गिरोह प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 774
    SHARES

    नवलपरासी । शृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बर्दघाट नगरपालिकाका-१ का अविनाश पंगेनी, गुल्मी मुसिकोट नगरपालिका-९ का सुवास विश्वकर्मा, रोल्पा नगरपालिका-३ स्थाई घर भएका मिलन घर्ती मगर पक्राउ परेका छन् ।



    उनीहरुले पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने गरेका थिए ।



    यसैगरी जनस्वास्थ्य कार्यालयमा चोरी गर्ने रामग्राम नगरपालिका-६ का कृष्ण मोहन अग्रहरी , रामग्राम नगरपालिका-५ का अमृत अग्रहरी र रामग्राम नगरपालिका-७ का रोशन आचार्य पक्राउ परेका छन्।

    उनीहरूको साथबाट नगद १ लाख रुपैयाँ, कम्प्युटर ,मोबाइल तथा चोरी भएका विभिन्न सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुलाई चोरी तथा लुटपाटमा मुद्दा चलाउने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार