Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको छ : परराष्ट्रमन्त्री साउद

    दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 522
    SHARES

    काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका छन्।

    उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेसिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए ।



    उनले कामदारका रुपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए ।

    उनले देशको कुल जनसङ्ख्यामध्ये युवाहरूको जनसङ्ख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए ।

    परराष्ट्रमन्त्री साउदले काम गर्ने जनसङ्ख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए ।

    उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार