चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन्।
चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
रवि गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै सभापति लामिछानेले त्यसमा आफूलाई चासो नै नभएको बताए ।
सभापति लामिछानेले भने, ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्याहो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’
उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे ।
सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीज्यू भन्दै सभापति लामिछानेले प्रश्न गरे।
Leave a Reply