Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • मन्त्री किरातीको राजीनामा माग्दै आज संसद् भवन घेराउ गरिने

    मन्त्री किरातीको राजीनामा माग्दै आज संसद् भवन घेराउ गरिने

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 762
    SHARES

    काठमाडौं । नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको राजिनामाको माग गर्दै संसद भवन घेराउ गरिने भएको छ ।

    मन्त्री किरातीको राजिनामा माग गर्दै सनातन धर्मालम्बीहरुले आज दिउँसो १ बजे, संघीय संसद भवन, नयाँ बानेश्वर घेराऊ गर्न लागेका हुन् ।



    ‘मरे बलिदान, बाँचे स्वाभिमान, सनातन संस्कृतिको रक्षा, हाम्रो अभियान’ भन्ने मुल नारासहित संसद भवन घेराउ गर्न लागिएको नेपाल सनातन धर्म संस्कृति संगठनले जनाएको छ ।



    सनातन संस्कृतिको खुलेआम विरोध गर्दै अमुक पन्थको प्रवक्ता बनी प्रचार गरेपछि मन्त्री किरातीलाई मन्त्रीपरिषद् पदबाट बर्खास्त गराउन संसद भवन घेराउ गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

    मन्त्री किरातीले केही दिन अघि ‘क्रिश्चियन धर्म नमान्ने संविधान विरोधी हुन्, संविधानको विरोध गर्नेलाई जेल हाल्ने’ जस्ता गैरजिम्मेवार अभिब्यक्ति दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार