Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

    सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको हो ।

    यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो । गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो ।



    विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिनसमितिका संयोजक भन्सार अधिकृत मणिराम पौडेलले प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेलाई आइतबार छानबिन प्रतिवेदन बुझाउँदै १४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको खुल्न आएको जानकारी दिएका हुन् ।



    १४ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चन्द्र घलेसहित ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूले स्वीकार गरेको आधारमा हालसम्म १ सय ३८ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पैठारी गरिसकेको तथ्य खुल्न आएको हो ।

    ५५ वर्षीय घले २१ गते फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । उनले स्टकोट जस्तो विशेष कपडा नै सिलाएर गोजी बनाई २९२ केजीका ७ वटा बिस्कुट आकारको सुन लुकाएर ल्याएका थिए। उनको ुट्राभल हिस्ट्रीु बाट उनी एक वर्षमा ५२ पटकसम्म दुबई गएको देखिएको छ ।

    मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अकित अग्रवालको नामले चिनिने व्यक्ति र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्दै आएको समितिले जनाएको छ । चन्द्र घलेले हालसम्म पहिलोपटक २ पोका, दोस्रोपटक ४ पोका र तेस्रोपटक चार पोकागरी सात पोका सुन ल्याएको स्वीकार गरेका छन् ।

    छानबिन टोलीका संयोजकका अनुसार सो टोलीले एक खेपमा ५ देखि १४ किलो सुन लिएर आउने गरेका छन्। उनीहरूले डीबी गुरुङको सहयोगमा दुबईबाट ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेर गुरुङको घरमा पुयाउने गरेका छन्। नेपाल समाचारपत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार