Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नेतान्याहु भन्छन् – गाजा युद्धमा इजरायली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ

    नेतान्याहु भन्छन् – गाजा युद्धमा इजरायली सेनाले ‘ठूलो मूल्य’ तिर्नुपरेको छ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 753
    SHARES

    एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार हमाससँगको लडाइँमा मारिएका इजराइली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन् ।

    शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उनले ‘गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान भएको बताएका हुन् ।



    उनले भने, ‘युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन।’



    अक्टोबर २७ मा इजराइलको स्थल हमला सुरु भएपछि इजराइली सेनाले प्यालिस्टिनी क्षेत्रमा एक सय ५३ सैनिकलाई गुमाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार