Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एनसेल प्रकरणबारे अनावश्यक नकोट्याउन प्रधानमन्त्री प्रचण्डको आग्रह

    एनसेल प्रकरणबारे अनावश्यक नकोट्याउन प्रधानमन्त्री प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 780
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल प्रकरणबारे कोट्याउँदा देशको अवस्था असहज बन्ने बताएका छन् ।

    विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।



    एनसेल प्रकरणमा दुबईबाट फर्किनेबित्तिकै आफूले प्रस्ट पारिसकेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘एनसेलको बारेमा अनावश्यक नकोट्याउनु होस्, झन् वातावरण असहज बनाउने काम कसैले पनि नगरौं । राष्ट्र र जनताको पक्षमा जे सत्य-तथ्य हो र जे संविधान, कानुन र नियमले मिल्छ त्यो बाहिर जान दिँदैनौं ।’

    उनले एनसेलको बारेमा अनावश्यक भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुने र विषय अगाडि बढ्ने बताए ।

    सरकारले सुरू गरेका राम्रा काममा जनताले सहयोग गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार