Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • १० लाख घुस उठाएर काठमाडौं आउँदै गरेका खानेपानी संस्थान बुटवलका प्रमुख धादिङबाट पक्राउ

    १० लाख घुस उठाएर काठमाडौं आउँदै गरेका खानेपानी संस्थान बुटवलका प्रमुख धादिङबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवल शाखा कार्यालयका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेका बुटवलका शाखा प्रमुख १० लाख ५५ हजार घुससहित पक्राउ परेका छन् ।

    शाखा कार्यालयका व्यक्तिहरुसँग घुस रकम उठाएर काठमाडौं आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई पक्राउ गरेको हो ।



    आयोगका अनुसार इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट हिजो (आइतबार) पक्राउ गरिएको हो ।



    अख्तियारको टोलीले साहको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद गरेको जानकारी दिए ।

    खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीलाई रोकेर इन्जिनियर साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार