Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • तीन सय किलो हात्तीका दाँत बरामद

    तीन सय किलो हात्तीका दाँत बरामद

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ ।

    ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।



    वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ ।



    साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए ।

    उनले विश्वव्यापी यो अपराधलाई जित्न पक्ष राष्ट्रहरूबिच थप समन्वय र सहयोगका लागि विश्व समुदायलाई आग्रह पनि गरे । महासचिव हिगुएरोले नक्कली कागज र प्रमाण बनाएर, अनुमति पत्रहरू किर्ते गरेर, ओसारपसारको अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक वस्तु ओसारपसार गर्ने गरेकाले सीमा नाका तथा भन्सार कर्मचारीलाई प्रशिक्षण हुनुपर्नेमा जोड दिए । नेपाल साइटिसको पक्ष राष्ट्र हो ।

    साइटिस कार्यालयले दिएको जानकारी अनुसार बरामद भएका मध्ये तीन सय किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि छन् । सयभन्दा बढी गैँडाको सिङ, बाघका छाला पक्राउ परेका छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार