Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

    संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

    शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले अब सुरू हुने नयाँ अधिवेशनको पहिलो काम नै सत्य निरूपण र शिक्षा ऐन संसदबाट पारित गराउन पहल गर्ने बताए ।



    शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दिएको दवाबले पनि सरकारलाई सहयोग पुगेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार