काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थामा कसैको बहुमत नआउने दोहोर्याएका छन्।
शनिबार कांग्रेसको बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । तैपनि कांग्रेस भने ठूलो पार्टी भएको उनको भनाइ थियो।
सभापति देउवाले भने,‘यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन। तर पनि सबै साथीहरूको सहयोग, त्याग, तपस्या र बलिदानले कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ।’
समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था अत्यन्तै महत्त्वपूर्ण व्यवस्था भएको देउवाको भनाइ थियो।
यही व्यवस्थाका कारणले आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरिएको उनको भनाइ थियो।
Leave a Reply