काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ ।
शुक्रबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवनले झापालाई २–० गोलले पराजित गरेको हो ।
चितवनको जितमा रफिक अमिनुले नै दुई गोल गरे । यो हारसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहने छ ।
यो जितसँगै चितवन ८ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
झापा ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । चितवनको प्लेअफ खेल्ने सम्भावना यसअघि नै सकिसकेको थियो ।
Leave a Reply