Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्यटनमन्त्री सुदन किरातीको पुत्ला दहन, मागियो राजीनामा

    पर्यटनमन्त्री सुदन किरातीको पुत्ला दहन, मागियो राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै पुत्ला दहन गरिएको छ ।

    सानोठिमी क्याम्पसमा नेपाली कांग्रेस नेवि संघका केन्द्रीय नेताहरूले मन्त्री किरातीको पुत्ला दहन गरेका हुन् ।



    मन्त्री किरातीले धार्मिक सद्भाव भड्काउन खाजेको र समाजमा अराजकता फैलाएको भन्दै पुत्ला दहन गरिएको बताइएको छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्री किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।

    धर्मबारे अभिव्यक्ति दिएका मन्त्री किरातीको अहिले चर्को आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार