काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको दाबी गरेका छन् ।
मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् ।
उनले एक वर्षको प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको दाबी गरे ।
एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको उनको भनाई छ ।
उनले महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको दाबी गरे ।
Leave a Reply