एजेन्सी । श्रीलंकामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् ।
श्रीलंकाको प्रहरीले हालै सुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषधसम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको हो ।
लागुऔषध ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट सुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
Leave a Reply