Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

    प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ ।

    शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।



    लुम्बिनीले दिएको ७२ रनको लक्ष्य सुदूरपश्चिमले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाइन् ।

    बलिङतर्फ लुम्बिनीकी मधु डीसीले १ विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन बनायो ।

    लुम्बिनीका लागि सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन् ।

    प्रतियोगितामा पहिलो जित हात पारेको सुदूरपश्चिम आफ्नो पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।

    लुम्बिनीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो । यो जितसँगै सुदूरपश्चिम २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । म्बिनी २ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा तालिकाको छैटौँ स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार