Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सञ्चालनमा आयो ४०० केभी क्षमताको इनरूवा सवस्टेसन

    सञ्चालनमा आयो ४०० केभी क्षमताको इनरूवा सवस्टेसन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालको दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ ।

    सुनसरीको भोक्राहामा निर्मित ४०० केभी क्षमताको इनरूवा सवस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्।



    प्रधानमन्त्रीले उद्घाटनको औपचारिकता पूरा गरेसँगै ग्याँस इन्सुलेटेड प्रणाली जीआईएसमा आधारित स्वचालित सवस्टेसन चालु भएको हो।



    प्राधिकरणका अनुसार यो सवस्टेसनमा ४ सय केभी क्षमताको विद्युत विभिन्न माध्यमबाट आउनेछ। त्यसलाई २२० केभीमा झारिनेछ।

    त्यसमा पनि कयौं स्थानबाट पावरहरू जोडिनेछ। इनरुवामा ४०० सय र २२० केभीका दुई वटा सबस्टेसन निर्माण गरिएको छ ।

    राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो ।

    सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियत पूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । ४०० र २०० केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार