Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे इनरुवा सब स्टेसनको उद्घाटन

    प्रधानमन्त्री प्रचण्डले गरे इनरुवा सब स्टेसनको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 591
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभी क्षमताको इनरुवा सब स्टेसनको उद्घाटन गरेका छन्।

    बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान सुनसरीको इनरुवामा सब स्टेसनको उद्घाटन गरेका हुन्।



    सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको छ । आउँदो डेढ बर्षमा शतप्रतिशत जनताले विद्युत पुरयाउने सरकारले लक्ष्य लिएका छ।’

    उनले सरकारले ठुला क्षमताका प्रशारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए ।

    आज दिउँसो प्रधानमन्त्री प्रचण्डले मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको छ। त्यहाँ मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गरेर प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्कनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार