Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत पराजुलीविरुद्ध पक्राउ पुर्जी

    कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत पराजुलीविरुद्ध पक्राउ पुर्जी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 1.9K
    SHARES

    पर्वत। पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि जिल्ला अदालत कास्कीले प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।



    उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पराजुली कुश्मा आउनुअघि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रारको रूपमा कार्यरत थिए ।



    सोही समयमा उनले मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सहकारीका सञ्चालकहरूको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा घुस लिएको बयान दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार