Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना नभएको पुष्टि गर्ने प्रमाण भएमात्रै स्वदेश फर्कन सक्छन् नेपालीहरु

    कोरोना नभएको पुष्टि गर्ने प्रमाण भएमात्रै स्वदेश फर्कन सक्छन् नेपालीहरु

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । चीनको बुहावो शहरबाट फैलिएका नोबेल कोरोना भाइरसको संक्रमण विश्वका १०० भन्दा बढि देशमा फैलिसकेको छ । कोरोनाकै कारण अहिलेसम्म चार हजार भन्दा बढिले ज्यान गुमाएका छन् भने चीनमा मात्रै मृतकको संख्या तीन हजार नाघि सकेको छ ।

    कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले स्वदेश फर्कने नेपालीहरुमाथि पनि निगरानी बढाउने भएको छ । अब नेपालीहरु स्वदेश फर्कन चाहेमा कोरोना नभएको पुष्टि हुने प्रमाण पेश गर्नु पर्ने हुन्छ, त्यो पनि जारी भएको सात दिन कटेको हुनुहुन्न ।



    नेपाल सरकारले हालका लागि यो नियम कोरोना संक्रमण फैलिएको ८ देशका लागि बनाएको हो ।



    सरकारले कोरोनाको संक्रमण धेरै देखिएको चीन, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको हो ।

    त्यहाँ रहेका नेपाली वा त्यहाँका नागरिक नेपाल आउन चाहे नेपाली दूतावास वा नियोगमा कोरोना भाइरसको संक्रमण नभएको भनेर जारी गरेको ७ दिन नकटेको प्रमाणपत्र बुझाउनुपर्छ, अनि मात्र भिसा पाउन सक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जनाएका छन् ।

    मन्त्री ढकालले यसरी आएका नागरिकहरुलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिने बताए । यस अघि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य चेकजाँच गरेर नेपाल भित्रने दिने गरिन्थ्यो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार