Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अश्लील भिडिओ सार्वजनिक गर्ने धम्की दिइ फिरौती माग्ने तीनजना पक्राउ

    अश्लील भिडिओ सार्वजनिक गर्ने धम्की दिइ फिरौती माग्ने तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 1.1K
    SHARES

    चितवन । सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याकमेलिङ गरि फिरौती रकम माग गरेको आरोपमा प्रहरीले चितवनमा तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरे रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरेका थिए ।



    यस्तै पुरुषसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सट गरी उक्त फोटो तथा भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्दिन्छु भन्दै उनीहरुले धम्की दिँदै फिरौती रकम माग गरेका थिए ।

    उनीहरुले चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार