Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • ऊर्जामन्त्री बस्नेतलाई प्रचण्डको निर्देशन – झोलामा खोला राख्ने स्थिति अन्त्य गर्नुस्

    ऊर्जामन्त्री बस्नेतलाई प्रचण्डको निर्देशन – झोलामा खोला राख्ने स्थिति अन्त्य गर्नुस्

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्नेको लाइसेन्स खारेज गर्न निर्देशन दिएका छन्।

    सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्।



    ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई  प्रधानमन्त्री प्रचण्डले भने,‘झोलामा खोला राख्ने कुरा धेरै लामो समयदेखि चर्चामा छ । लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ । यहाँ हामी लचिलो हुन जरुरी नै छैन । निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ । त्यो काम गर्नुस्।’



    प्रधानमन्त्रीले विद्युतको बक्यौता नतिर्ने ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने पनि बताए ।

    उत्पादन वृद्धिका निम्ति सिँचाइको व्यवस्था आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले लिफ्ट इरिगेसनका बारेमा पनि सोच्नुपर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको र नयाँ ढंगले अघि बढ्न लागेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार