काठमाडौं । काठमाडौंको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका दुई जना ६ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र धादिङका शिवराज अधिकारी रहेका छन् ।
शिवराज अर्कै मुद्दामा केन्द्रीय कारागारमा थिए भने जगतलाई भारतबाट नेपाल आउने क्रममा गएराति त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुर घर भई काठमाडौंमा ज्यामी काम गर्ने ५० वर्षीया अप्सराको शव ३० पुस २०७४ मा बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न धादिङको त्रिपुरासुन्दरी–३ तल्लो पोखराका ४६ वर्षका शिवराम अधिकारी केन्द्रीय कारागारमा रहेको खुलेको थियो । उनी चोरी मुद्दामा तीन वर्ष सजाय पाएर जेल परेका थिए ।
शिवराजले अप्सरालाई भूपू आर्मीसँग बिहे गराइदिन्छु पैसा र गरगहना लगाएर आउनू भनेर बोलाएका थिए । उनीहरुले बल्खुको मन्दिर पछाडि ढुंगाले हानेर अप्सराको हत्या गरी मुन्द्रा र नगद निकालेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
Leave a Reply