Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • अबको एक वर्ष नयाँ ढंगले काम गर्ने योजनामा छु : प्रधानमन्त्री प्रचण्ड

    अबको एक वर्ष नयाँ ढंगले काम गर्ने योजनामा छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 702
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यभार सम्हालेको एक वर्षपछि नयाँ ढंगले काम गर्ने योजनामा रहेको बताएका छन् ।

    सरकार गठनको एक वर्षपछि प्रधानमन्त्रीले ठोस योजनासहित काम गर्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन्।



    बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले राम्रो काम गर्न प्रयास गर्दा गर्दै पनि अहिले कामहरु परिणाममुखी हुन नसकिरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले सरकारले अहिले धेरै परिणाम दिन नसकेको, तर आगामी दिनमा सरकारका कामलाई प्रभावकारी बनाएर लैजाने बताए ।

    प्रधानमन्त्री प्रचण्डले बाहिर चर्चा भएजस्तो मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै तयारी नरहेको बताए । आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार