Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 627
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच भेटवार्ता भएको छ।

    नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक सुरू हुनुअघि परराष्ट्रमन्त्री साउद र साब्रीबीच भेटवार्ता हो । काठमाडौंमा भएको भेटमा कोलम्बो-लुम्बिनीबीच सीधा हवाई सम्पर्कको सम्भावनाबारे कुराकानी भएको बताईएको छ ।



    उनीहरूबीच काठमाडौं-कोलम्बोको हवाई सम्पर्कको सुरूआत उत्साहजनक र लुम्बिनीलाई पनि कोलम्बोसँग जोड्न सकिने विषयमा कुराकानी भएको हो। भेटमा परराष्ट्रमन्त्री साउदले श्रीलंकामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे कुरा उठाएका थिए।



    यस्तै, जलवायु परिवर्तनका कारण आ-आफ्नो मुलुकले भोग्नुपरेको समस्याका बारेमा पनि यी दुई मन्त्रीबीच कुराकानी भएको थियो। यसैबीच नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक अहिले बसिरहेको छ।

    काठमाडौंमा सुरू भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता छ भने श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू बैठकमा सहभागी भएका छन्।

    दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार