Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • रोल्पा जोड्ने शहीद मार्ग निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको ध्यानाकर्ष

    रोल्पा जोड्ने शहीद मार्ग निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको ध्यानाकर्ष

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 528
    SHARES

    काठमाडौं। शहीद मार्ग निर्माणको काम छिटो सक्न भन्दै रोल्पाका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्।

    रोल्पाबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।



    प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो।



    उनीहरुले आर्थिक वर्ष ०६४/०६५ देखि सुरु दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम-मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकामा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए ।

    उक्त सडक खण्डअन्तर्गत हाल होलेरी दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट-घर्तीगाउँ-दुई खोली-खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भइ काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा आयोजनाले अपेक्षित गति लिन नसकेकोबारे प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।

    यस्तै, हुकाम-मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ।

    विगतमा घोराही- होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत् आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन पनि प्रधानमन्त्रीसँग माग गरे।

    जवाफमा प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताए।

    उनले बिहीबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार