Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्छ

    प्रधानमन्त्री प्रचण्डले भने – रामराजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्छ

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 690
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामराजा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य अधि बढ्ने बताएका छन् ।

    प्रतिष्ठान निर्माणका लागि संकलन गरिएको १० हजार हस्ताक्षर बुझाउन आएका सप्तरीका युवासँग प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानको रिक्त पदाधिकारी नियुक्ति लगायतको कार्य अधि बढने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु । कानुनी र प्राविधिक सबै कुरा अधि बढ्छ ।’

    रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि दबाबमूलक आन्दोलन गर्दे आएको सप्तरी युथ नेपालले जिल्लामा संकलन गरेको १० हजार हस्ताक्षर बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर बुझाएको हो ।

    सरकारले सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार