Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • धर्मबारे विवादस्पद अभिव्यक्ति दिएका पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न माग

    धर्मबारे विवादस्पद अभिव्यक्ति दिएका पर्यटनमन्त्री किरातीलाई बर्खास्त गर्न माग

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । धर्मबारे विवादस्पद अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरिएको छ । उनले एक कार्यक्रममा क्रिस्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू भएको बताउँदै विवादस्पद अभिव्यक्ति दिएका थिए ।

    सोही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न दलका शीर्ष नेतादेखि जनताले विरोध गरिरहेका छन् । जिम्मेवार व्यक्तिले धर्मबारे विवादस्पद अभिव्यक्ति दिनू गैरजिम्मवार भएको बताउँदै बर्खास्त गर्न माग गरिएको हो । ‘स्टन्टम्यान’ किराती बेला बेला विवादित हुँदै आएका छन् ।



    पछिल्लो समय एक कार्यक्रममा सम्बोधन गर्दै उनले भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नू संविधान मान्दिन भन्नू हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो ।’



    सोही अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् । उनले प्रधानमन्त्री पुक्ष्पकमल दाहाल प्रचण्डको गम्भीर ध्यानाकर्षण गराउँदै मन्त्री किरातीको सो अभिव्यक्ति अत्यन्तै खेदजनक भएको टिप्पणी गरे ।

    उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छरु प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

    यस्तै नेकपा एमालेका नेता गोकुल बास्कोटाले माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भएको बताएका छन् ।

    उनले प्रश्न गर्दै भनेका छन्, ‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु,बौंध्द,मुस्लिम आदी) करीब ९८ प्रतिशत रहेछ । माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो । धर्म ब्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान ।’

    यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । “‘क्रिस्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्दछ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रमको ध्यान जाओस् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस् ।”

    स्टन्टम्यान किरातीलाई मन्त्रीबाट हटाउन सर्वत्र माग उठिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार