काठमाडौं । साविक उपविजेता धनगढी एफसीविरुद्ध जित निकाल्दै झापा एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष चारमा उक्लिएको छ ।
बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा झापाले धनगढीलाई २–० गोलले हराएको हो । झापालाई जित दिलाउन कप्तान अञ्जन विष्ट र समिरराज थोकरले गोल गरे ।
यो जितसँगै झापाले प्लेअफ सम्भावना कायमै राखेको छ । एनएसएलको दोस्रो संस्करणमा धनगढीको भने यो पहिलो हार हो ।
यो जितसँगै झापा ७ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । यो हारसँगै धनगढीको अपराजित यात्रा सकिएको छ ।
धनगढी ७ खेलमा १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अब धनगढीले अन्तिम खेलमा शुक्रवार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्ने छ ।
Leave a Reply