Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुशासन कायम गर्नका लागि नेपाल प्रहरी प्रतिवद्ध छ : एआईजी थापा

    सुशासन कायम गर्नका लागि नेपाल प्रहरी प्रतिवद्ध छ : एआईजी थापा

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले प्रहरी प्रभाग गोंगबुँ र सामुदायिक सेवा केन्द्रको भवन शिलान्यास गरेका छन् ।

    एआईजी थापाले आज प्रहरी प्रभाग गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुँको भवन शिलान्यास गरेका हुन्।



    May be an image of 5 people and temple



    बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीबाट प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको लागि भवन निर्माण गर्न लागिएको छ।

    May be an image of 6 people and text

    एआईजी थापाले निर्माण हुन लागेका भवनहरू सबैको साझा सम्पत्ति भएको बताए । उनले प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पूर्ण गोंगबुँ तथा टोखा नगरपालिकाबासीलाई धन्यवाद व्यक्त गरे ।

    अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको एआईजी थापाको भनाई छ । एआईजी थापाले नयाँ निर्माण हुने भवनहरूले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गरे।

    May be an image of 8 people and text

    आधुनिक युगमा आधुनिक प्रविधिको प्रयोग गर्दै समाजमा सुशासन कायम गर्न उपत्यका प्रहरी कटिवद्व रहेको एआईजी थापाले बताए । गोंगबुँ नयाँ बषपार्क जस्तो संबेदनशिल स्थानमा प्रहरी प्रभाग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणले आपराधिक गतिविधिविरुद्व प्रहरी कार्यमा थप सहज हुने एआईजी थापाले विश्वास व्यक्त गरे।

    May be an image of 5 people

    कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँ संस्थाका अध्यक्ष केदारनाथ पाठक, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र वहादुर खत्री, टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेर वहादुर बिसी,प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री,प्रहरी प्रभाग गोंगबुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो ।

    May be an image of 10 people

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार