Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सशस्त्रका आईजीपीको कार्यकाल ३ वर्ष बनाउने तयारी

    सशस्त्रका आईजीपीको कार्यकाल ३ वर्ष बनाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि घटाएर ३ वर्ष कायम गर्ने भएको छ । हाल ४ वर्ष रहेको सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको नेतृत्व गर्ने आईजीपीकाे पदावधि घटाएर ३ वर्ष कायम गर्ने तयारी भएकाे गृह मन्त्रालय स्राेतले बतायाे ।

    सशस्त्र प्रहरी नियमावलीको व्यवस्थालाई संशोधन गरेर पदावधि घटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच सहमती नै भइसकेकाे स्राेतले बतायाे । नियमावली संशोधन गरेर आईजीपीको पदावधि घटे बहालवाला आईजीपी शैलेन्द्र खनालले आगामी चैतमा अवकाश पाउने छन् ।



    नियमावली संशोधन नभए ४ वर्षे पदावधि २०७८ चैतसम्म रहने भएपनि ऐन संशोधन भए पदावधि १ वर्ष घटेर आगामी चैतमा सकिनेछ । खनाल २०७४ चैत २७ गते मन्त्रिपरिषद् बैठककाे निर्णय अनुसार आईजीपी नियुक्त भएका थिए ।



    नेपाल प्रहरीमा भने यसअघि नै आईजीपीको पदावधि घटाएर ३ वर्ष बनाइएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व गर्ने आईजीपीको पदावधि समान बनाउन नियमावली संशोधन गर्ने अन्तिम तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    ‘सशस्त्र प्रहरी नियमावली संशोधन गरेर आईजीपीको पदावधि घटाउन सबै एकमत छन् । यता प्रहरीकोमा संघिय प्रहरी ऐन छिट्टै पारित हुन्छ ।’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्बाट नियमावली संशोधन भए बहालवाला आईजीपी छिट्टै बिदा हुनेछन् ।’

    गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवाहदबारे समेत छलफल अगाडि बढाए पनि कुनै निष्कर्षमा भने पुगिनसकेको स्रोतले जनाएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको वैठकले सो सम्बन्धीको प्रस्ताव पारित गर्ने तयारी भएको गृहमन्त्रालयको उच्च स्रोतले जानकारी दियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार