Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राजसंस्थाको पक्षमा वृहत आन्दोलन गर्ने राप्रपाको निर्णय

    राजसंस्थाको पक्षमा वृहत आन्दोलन गर्ने राप्रपाको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 711
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था,हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ।  पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।

    राप्रपाले विभिन्न जनजिविकाका मुद्दाका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने बताएको छ ।



    आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु हुनेछन् । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ ।



    पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ ।

    राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार