Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एनसेललाई सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन

    एनसेललाई सरकारको स्वामित्वमा ल्याउन राज्यव्यवस्था समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 600
    SHARES

    काठमाडौं । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले एनसेललाई सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि समितिले सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो ।



    सरकारले गठन गरेको एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म शेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देश गरेको छ ।



    त्यसलाई आवश्यक ऐन र नियम संशोधन गर्न समेत निर्देशन दिएको छ । त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म यसको सेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देशन दिएको छ।

    समितिले दूरसञ्चार ऐन र नियमावली समयसापेक्ष ल्याउन बनाउन सरकारलाई निर्देशन दिनुका साथै २०८६ मा एनसेललाई सरकारको मातहतमा ल्याउन पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ । साथै अहिलेसम्म एनसेलले लगेको रकम विवरण राष्ट्र बैङ्कबाट मगाउने निर्णय समितिले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार