Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल अक्सन

    हैदराबादले ६ करोड ८० लाखमा किन्यो ट्राभिस हेडलाई

    हैदराबादले ६ करोड ८० लाखमा किन्यो ट्राभिस हेडलाई

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियाका ट्राभिस हेडलाई सनराइजर्स हैदराबादले खरिद गरेको छ ।

    उनलाई हैदराबादले ६ करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । अस्ट्रेलियन टोलीका ओपनर ब्याट्सम्यान हुन्, हेड । उनी अलराउन्डर खेलाडी हुन् ।



    आक्रामक ब्याट्सम्यानको परिचय बनाएका हेडले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।



    अस्ट्रेलियालाई उपाधि दिलाउन विश्वकपको फाइनलमा पनि उनले एक सय ३७ रन बनाएका थिए । उनले विश्वकपमा ६ खेल खेलेका थिए ।

    ३०औँ जन्मदिन मनाउने तयारीमा रहेका हेडले विश्वकपमा दुई शतकको मद्दतले कुल तीन सय २९ रन बनाएका थिए ।

    यसपटक अक्सनमा हेडको नाम सेट-१ मा रहेको थियो । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ थियो ।

    यसपटक हैदराबाद, कोलकाता, गुजरात र दिल्ली माथिल्लो क्रममा खेल्न सक्ने आक्रामक ब्याट्सम्यानको खोजीमा देखिएको थियो ।

    तर, हैदराबादले हेडलाई खरिद गरेर बाजी मार्‍यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार