Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्रीलाई एमाले सांसद श्रेष्ठको प्रश्न– एनसेल प्रकरणमा तपाईंको संलग्नता छ कि छैन ?

    प्रधानमन्त्रीलाई एमाले सांसद श्रेष्ठको प्रश्न– एनसेल प्रकरणमा तपाईंको संलग्नता छ कि छैन ?

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 771
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल बिक्रीमा प्रधानमन्त्री र उनको परिवारका सदस्यको नाम जोडिएर आएको भन्दै प्रश्न उठाएका छन्।

    संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनको परिवारको नाम जोडिएकोबारे प्रश्न गरेका हुन्।



    सांसद श्रेष्ठले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा दु खद रुपमा प्रधानमन्त्रीको परिवार र प्रधानमन्त्री सँगै जोडिएर आएको प्रसंग उठाए।



    सांसद श्रेष्ठलेभने,‘एनसेल जुन रुपले आएको छ। संसदीय प्रक्रियामा धेरै छलफल चलेको देखियो। अहिले पनि ४ वटा समितिले छानबिन गरिरहेको छ। लेखा, अर्थ, सञ्चार र राज्य व्यवस्था सहितले छलफल थालेको छ। चार समितिको चारवटा राय भए के गर्ने?’

    सांसद श्रेष्ठले अबको ५ वर्षभित्र एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन भनेर जवाफ समेत माग गरे। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालको नाम जोडेर चर्चा गरिएकोप्रति लक्षित गर्दै सांसद श्रेष्ठले प्रश्न उठाएका थिए।

    अबको ५ वर्षपछि एनसेल सरकारी स्वामित्वमा आउँछ कि आउँदैन भन्ने कुरा प्रमुख विषय भएको श्रेष्ठले उल्लेख गरे।

    त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले पनि प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्रीकी छोरी गंगा दाहालको नाम आएकोप्रति प्रश्न उठाइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार