Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कामको गति बढाउन मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

    कामको गति बढाउन मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन्।



    उनले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको बताए ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सचिवहरूलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएका छन्।

    आफूले पनि कामको गति बढाउने र त्यसका लागि १० बजे नै कार्यालय आएर काम सुरु गर्ने पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

    प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोहीअनुसार आगामी साता सरकारको एक वर्ष पुग्दैछ ।

    आफूले सत्ता सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नेबारे छलफल भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार