काठमाडौं । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । त्यही अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको छ।
प्रधानमन्त्री प्रचण्ड आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् ।
प्रचण्डले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए ।
Leave a Reply