एजेन्सी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतको केरलामा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको हो ।
चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको छ ।
भारतको केरला राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ।
संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसँगै नेपालमा पनि जोखिम बढेको छ ।
Leave a Reply