Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विश्वविद्यालयमा हामी आफैँ राजनीतिक भागबन्डाका निम्ति दौडिरहेका हुन्छौँ : प्रधानमन्त्री प्रचण्ड

    विश्वविद्यालयमा हामी आफैँ राजनीतिक भागबन्डाका निम्ति दौडिरहेका हुन्छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 345
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व नै विश्वविद्यालयमा भागबन्डा र दाउपेचका लागि दौडिने प्रवृत्तिबारे सोच्ने बेला भएको बताएका छन्।

    त्रिभुवन विश्वविद्यालयको ३९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू हुन नसक्नु र बेलाबेला पठनपाठनमा गत्यवरोध आइरहनुमा को दोषी छ ? भन्दै प्रश्न गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ।यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ ।’

    प्रधानमन्त्रीले विश्वविद्यालयहरूको वर्तमान अवस्थामा रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको महत्त्वपूर्ण भूमिका रहने पनि बताए ।

    प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको र आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिका बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

    त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार